हेटौंडा/देशैभर आजबाट शुरु भएको कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत मकवानपुरमा पनि शुरु गरिएको छ । बुधबार हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रविण श्रेष्ठलाई कोरोना विरुद्धको पहिलो खोप लगाएर अभियान शुरु गरिएको हो ।
कारोना विरुद्धको खोप अभियानका लागि प्रदेशमा ७६ हजार थान खोप आईपुगेको छ । प्राप्त खोप मध्ये प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पसौ जिल्लामा समेत वितरण गरिने सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम सेढाईले बताउनुभयो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालकहरुलाई लगाईने खोपका लागि प्रदेशभरि ३५ स्थानमा खोप केन्द्र रहेका छन् , भने यस अन्तर्गत ६४ हजार १ सय ९२ जना स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने भएको छ । मकवानपुरमा कार्यरत २ हजार २ सय ८९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणमा यो खोप लागाईने छ ।
यसैबिच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले कोरोना खोप ल्याएर जनताको शंकाको निवारण गरेको बताउनुभएको छ ।
बुधबार प्रदेश सरकारको तर्फबाट हेटौंडा अस्पताललाई कोरोना खोप हस्तान्तरण गर्दे मुख्यमन्त्री पौडेलले सरकारले कोरोना खोप ल्याएर खोप कहिले ल्याउने भन्ने जनताको शंका निवारण गरेको बताउनुभयो ।
उहाँले विश्वका धेरै मुलुकमा कोरोना खोप नपुगेको अवस्थामा नेपालमा कोराना खोप ल्याउन सरकार सफल भएको दाबी गर्नुभयो । सरकारका धेरै आलोचनाको समाना गर्दे कोरोना विरुद्धको खोप ल्याएको बताउनुभयो ।
यसैगरी सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम सेढाईले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालकहरुलाई लगाईने खोपका लागि प्रदेशभरि ३५ स्थानमा खोप केन्द्र रहेको बताउनुभयो ।