चण्डिका माविका १ सय ५९ विद्यार्थीलाई शिवमद्वारा न्यानो कपडा सहयोग

हेटौंडा टुडे
१४ माघ २०७७, बुधबार २०:०४

देबकोटा कान्छो मनोज

हेटौंडा ।  मकवानपुर गढी गाउँपालिका २ मा रहेको चण्डिका मा विका विद्यार्थीहरुलाई आज बुधबार शिवम सिमेन्टद्वारा न्यानो कपडा सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत १५९ जना विद्यार्थीहरुलाई शिवम् सिमेण्ट उद्योगले स्वेटर सहयोग गरेको छ । उद्योगले  विद्यालयमा अध्ययनरत  नर्शरी कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर सहयोग गरेको हो ।

कार्यक्रम चण्डिका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको कार्यक्रममा शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारुको प्रमुख आतिथ्यता, मकवानपुरगढी २ नम्बर वडा अध्यक्ष बखानसिं पाख्रिनको विशेष आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा उद्योगका नायव महाप्रवन्धक सरोज विडारी, कर्मचारी अच्युत पराजुली, अच्युत अधिकारी लगायतको सहभागिता रहेको थियो ।

शिवम् सिमेन्ट्स लिमिटेड अबको एक हप्ता पछि कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यालयका गरिब तथा बिपन्न २२८ जना छात्र छात्राहरुलाई न्यानो कपडा स्वेटर सहयोग विद्यालयका अध्यक्ष राजकुमार हेटौंडा टुडेलाई जानकारि दिनुभयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*