सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन

हेटौंडा टुडे
१४ माघ २०७७, बुधबार २०:५९

काठमान्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ।

महाशाखाले काठमाडौ उपत्यको चक्रपथ तथा चक्रपथ बाहिर २६ स्थान र चक्र पथ भित्र८ स्थान गरि बढी दुर्घटना हुने ३३स्थानहरु समेत पहिचान गरेको छ । बढि दुर्घटना हुने ति स्थानहरुका सडकमा बिशेष गरी रातको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्रा क्रसिङ्ग तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाईएको छ ।यसरी हुने सडक दुर्घटना कम गर्न महाशाखाले निरन्तर अभियानहरू चलाइ रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एस एस पी जनकभट्टराईले तीब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिनुभयो । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडक खण्डमा ४३० थानराखिएको उहाँले बताउनुभयो। एयरपोर्टनयाँगेट, कार्गो, तिलगंगा, बालकुमारी, भाट भटेनी ओरालो, बल्खुचोक,सितापम्प, खसिबजार, सितापाईलाउकालो, वाफल, सानोभर्‍याङ, वनस्थली, बबरमहल लगायतका सडक खण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

यस अघि पनि महाशाखाले ललितपुर महा नगरपालिका सँग समन्वय गरी यही पौष १३ गते बालकुमारी देखी सानेपा सम्मका बिभिन्न १३ स्थानमा २०० थान क्यात  Soft PVC Traffic Cone राखेको थियो । ति स्थानहरुमा ट्राफिक कोन राख्नु भन्दा १५ दिन अगाडी ४७ वटा दुर्घटनामा परि ३ जनाको मृत्यु र ३१ जना घाईते भएकोमा ट्राफिक कोण र सडक बत्ति जडान पश्चात त्यस क्षेत्रमा २९ वटा दुर्घटनामा १४ जना मानिस घाईते भएको जनाएको छ । महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको बिश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउदै यस प्रकारको अपरेसनल कार्य लाई थप निरन्तरता दिदै अन्य दुर्घटना सम्भाबित सडकहरुमा समेत राख्दै जाने योजना रहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*