छतिवनमा बस दुर्घटना, घाइतेको हेटौंडामा उपचार हुदै

हेटौडा टुडे
१६ माघ २०७७, शुक्रबार १२:२९

हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ मा बस दुर्घटना हुँदा २२ जना बढी यात्रु घाइते भएका छन् ।
धरान चतरा सडकखण्ड अन्तर्गत धियालबाट यात्रु बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ३ ख ३३४४ नम्बरको बस दुर्घटना हुँदा  यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित २२ जना घाइते भएको र ९ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी हात्तिसुड़ेले जनाएको छ ।

बस के कारणले दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।
चालक भने फरार रहेको र बस प्रहरी चौकी हात्तीसुँडेको नियन्त्रणमा रहेका मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*