हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट भिडोल विजय यूथ हेटौंडा गोल्डकप सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले खेलको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्नुहुँदै उहाँले हेटौंडा उपमहानगरपालिकाले खेलकुदको विकासको लागि सधै सहयोग गर्ने बताउनुभयो ।एफसी विजय यूथको आयोजना भएको गोल्डकपमा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा एफ.सी रियाले काठमाडौं, विरगञ्ज यूनाईटेड, हर्दि युवा समाज राप्ति, बागमती युवा क्लब सर्लाही, विरगञ्ज यूथ एकेडेमी, दुधौली स्पोट्स क्लब सिन्धुली, सर्लाही जिल्ला फुटबल संघ र एफ.सी विजय यूथ हेटौंडाले सहभागिता जनाएका हुन् ।प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रपैयाँसाहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यही माघ २३ गते हुनेछ ।