ओलि निकट अनेरास्ववियू अखिल फोर्स मकवानपुरको प्रथम भेला हेटौंडामा सम्पन्न

हेटौडा टुडे
१६ माघ २०७७, शुक्रबार १९:०२

हेटौंडा । ओलि निकट अनेरास्ववियु अखिल फोर्स मकवानपुरको प्रथम भेला शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । भेलाले जिल्ला कार्य समिति चयन गरेको छ ।
अखिल फोर्स मकवानपुरका जिल्ला इन्चार्ज मनिष श्रेष्ठको अध्यक्षतामा बसेको जिल्ला प्रथम भेलाले भुगोल इन्चार्जको जिम्मेवारी बाँडफाड गरेको छ ।

भेलाले अन्जन थापाको संयोजगत्वमा १५ सदस्यीय कार्य समिति सदस्य चयन गरेको हो । समितिमा सहसंयोजकमा सेजल श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा अर्पण घिसिङ,स्पन्दन घिमिरे,अमर अधिकारी,सोनु बस्नेत,प्रसिद्द भेटवाल,अमित मगर,सिजन लामा,आशिष पराजुली, सिदान्त पुडासैनी,महेन्द्र राई, जीसन श्रेष्ठ, आषिश अधिकारी, आषिश श्रेष्ठ चयन भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*