मकवानपुर मधेसी युवा संघको तदर्थ समिती गठन

हेटौडा टुडे
१७ माघ २०७७, शनिबार २१:१६

हेटौंडा  / मकवानपुरका बिभिन्न स्थानमा रहेका मधेसी समुदायहरुलाई एकतृत गर्न शनिवार बसेको मधेसी समुदायका युवाहरुको भेलाले बिरेन्द्र कुमार बानियाको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा राजेश बानिया ,सचिवमा अनिल बानिया , सहसचिवहरुमा आशिष रौनियार ,बिकेश केसरी ,शिवशकर बानिया र कोषाध्यक्षमा रुपक कुमार वर्णबाल चयन भएका छन ।यस्तै सदस्यहरुमा सन्नी बानिया ,राकेश केडि ,मनमोहन ठाकुर ,राहुल बानिया ,चन्दन बानिया र यशराज सिंह चयन भएका छन । तदर्थ समिती गठन भएसंगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा संघ दर्ता प्रक्रिया अधि बढाईने संघका अध्यक्ष बिरेन्द्र कुमार बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*