हेटौँडाका विभिन्न संघ संस्थाका युवाहरुले मकवानपुर गढी दरबार परिसर सरसफाई

टुडे संवादाता
१८ माघ २०७७, आईतवार ११:०३

हेटौँडा/मकवानपुरको ऐतिहासिक मकवानपुर गढी दरबार परिसरमा शनिबार हेटौँडा विभिन्न संघ संस्थाका युवाहरुले सरसफाई गरेका छन् ।नेपालको ईतिहास बोकेको मकवानपुरगढी दरबारमा अवलोकन गर्न दैनिक हजारौं पर्यटक आउने गर्छन ।त्यहाँ आएका पर्यटकहरुले प्रयोग गरेका समाग्री खानकुराका प्लास्टिकहरु जताततै छरपष्ट फालिएका हुन्छन् ।

शनिबार हेटौँडा हाईकर्स, लियो क्लब ,रोट्रयाक्क कल्ब ,ईन्ड्रस्टियल सोलुसन र मारवाडी युवा मञ्च हेटौँडाको आयोजनामा हेटौँडाका युवाहरुले गढी दरबारको तल रहेको सानो गढी क्षेत्रमा सरसफाई गरेका छन् ।

मकवानपुर गढी गाँउपालिकाकाले ठेकेदार मार्फत सफाई गर्ने मानिसको ब्यबस्थापन गरेपनि दरबार बाट तल रहेको सानो गढीमा भने कसैको ध्यान पुग्न सकेको छैन । खानेकुराका प्लास्टिक मात्र नभई मादक पदार्थका बोत्तलहरु छरपष्ट अवस्थामा फालिएको दृश्य सानो गढीमा देख्न सकिन्छ । युवाहरुले शुरुवात गरेको यो सरसफाई अभियानलाई गाँउपालिकाले र आम नागरीकले निरन्तरता दिन जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*