हेटौंडा/ज्ञान दिप शिक्षा निकेतन माध्यमिक विद्यालयले २०औं अभिभावक दिवसको अवसरमा मकवानपुरका युवा पत्रकार बालकृष्ण अधिकारीलाई सम्मान गरेको छ ।
पत्रकार बालकृष्ण अधिकारीलाई पत्रकारिता मार्फत शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै नगद ५ हजार पाचसय पचपन्न रुपैयाँ सहित सम्मानपत्र प्रदान गरीएको थियो ।
विद्यालय व्यवस्थान समितिका अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमूख गांगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।
सेयर गर्नुहोस्