सोनाम ल्होछारका अवसरमा हेटौंडामा साँस्कृतिक कार्यक्रम हुने

टुडे संवादाता
१८ माघ २०७७, आईतवार १८:३२

हेटौंडा/सोनाम ल्होछारका अवसरमा हेटौंडामा साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोनाम ल्होछारको अवसरमा यही माघ ३० गते तामाङ कलाकार मकवानपुरले आयोजना गर्न लागेको हो ।

आईतवार आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै २८५७ औ लाङ ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा आयोजित ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हेटौंडाको टिसिएन चौरमा हुने तामाङ् कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामाले जानकारी दिए ।

लामाको संयोजकमा २५ सदस्यीय ल्होछार विशेष बृहत साँस्कृतिक कार्यक्रम मूल आयोजक समिति पनि गठन गरिएको छ ।

सह–संयोजकमा अनराज मोक्तान, आर्थिक संयोजकमा माया घलान, प्रचारप्रसार संयोजकमा बिक्रम लुङबा, मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन संयोजकमा रबिन्द्र थिङ, कलाकार संयोजकमा सुजना रुम्बा, अतिथि सत्कारमा राधिका स्याङ्तान, मायाको चिनो व्यवस्थापन संयोजक बिमला थिङ, स्टल व्यवस्थापनमा सोयल लामा, र झाकी व्यवस्थापनमा साम्तेन मोक्तान रहेका छन् ।

कार्यक्रममा भेषभुषा, साँस्कृतिक मौलिक खानाको प्रदर्शन र लामा झाक्रीहरुको बिशेष प्रस्तुती रहने कार्यक्रमको संयोजक लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*