हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित शुुुभकामना आधारभुत विद्यालय सानोसुकौलीमा अध्यनरत ५७ जना चेपाङ समुदायका बिपन्न विद्यार्थीहरुलाई खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले आईतवार शैक्षिक सामग्री तथा न्यानो कपडा स्वीटर वितरण गरि सहयोग गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ निवासि प्रकास बाबु मल्लको ५ हजार रुपैया आर्थिक सहयोग र खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबको १७ हजार रुपैयाँ गरि २२ हजार रुपैयाँ बराबरको विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा स्वीटर वितरण गरि सहयोग गरेको हो । खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबको सल्लाहकार बिशाल राज महतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खडक बहादुर लो को प्रमुख अतिथ्य रहेको थियोे भने कार्यक्रममा विद्यालयका शिक्षक मिन बहादुर राइ क्लबका सदस्यहरु सतिस राई बिकास महत , बिष्णु पुडासैनी लगाएतको पनि अतिथ्यता रहेको थियो ।
खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले शनिबार पनि मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा रहेको प्रतिभा प्राथमिक बिधालयका ३० जना विद्यार्थीहरुलाई १३ हजार रुपैया बराबरको न्यानो कपडा सुइटर,शैक्षिक सामग्री कपि,कलम इलेजर खाद्यान्न,बिस्कुट वितरण गरिएको थियो भने क्लबले यसअघि पनि मकवानपुरगढी गाउँपालिकामा रहेको रत्नदेवी आधारभूत विद्यालयका ९७ जना विद्यार्थीलाई स्वेटर र शैक्षिक सामग्री सहयोग गरेको थियो भने कोरोना महावारि र लकडाउनको समयमा खाद्यान्न बैंक सञ्चालन गरेको थियो ।