हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर २ भुन्द्रुङ्ग टाँडी मा रहेको श्री सीता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको छ । विदेशी नागरिक मार्कुस बेलिङ्गरले टुहुरा , जेहेन्दार , गरिब तथा विपन्न परिवारका २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चन मंगलबार विद्यालय पुगेर शैक्षिक सामग्री वितरण गरिएको हो । मकवानपुरको मनहरी गाउँपालिका घर भई हाल युरोपमा बसोबास गर्दै आइरहेका जल्मा स्याङ्तानको पहलमा अष्ट्रियाका नागरिक मार्कुसले विद्यार्थीलाई पढ्नमा केही सहज होस भन्ने हेतुले सहयोग गरेको बताए । उनले हरेक वर्ष २ पटक यस्तै विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्ध समेत जानकारी दिएको सञ्चारकर्मी लामाले बताए ।
विद्यालयका प्र.अ. हरि प्रसाद अर्याल तथा विद्यालयका शिक्षक , शिक्षिकाहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ. अर्यालले विद्यालयमा मा.वि. तह सम्मको पढाई भएपनि मा.वि तहका दर्बदी शिक्षक नरहेको र गाउँपालिकाले बेवास्था गरेको बताए । यस अघि मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको श्री ज्योति प्राथमिक विद्यालयका ३५ जना विद्याथीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।