
हेटौंडा । हेटौंडा क्याम्पस क्रिकेट क्लब द्वारा आयोजित २ दिने अन्तर क्याम्पस स्तरीय नकआट क्रिकेट प्रतियोगिता हिजो बुधबार बाट सुरु भएको छ ।
क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले क्रिकेट क्लब संयोजक सुजन अधिकारी लाई ब्याट बल हस्तान्तरण गरि प्रतियोगिता उदघाटन भएको थियो । हेटौंडा क्याम्पस का स्ववियु सचिव नवीन मिश्र, अतिरिक्त क्रियाकलाप प्रमुख मनोज पोख्रेल ,खेलकुद शिक्षक एवक प्रशिक्षक दिपेन्द्र ढकाल लगाएतकाको उपस्थितिमा प्रतियोगीता सुरु गरीएको हो । प्रतियोगीतामा प्रथम र द्वितीय हुने टिमलाई शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरीने छ ।साथै प्रतियोगीतामा उत्कृष्ट खेलाडी लाई पनि पुरस्कार प्रदान गरीने छ । प्रतियोगीतामा हेटौडा क्याम्पसका ६ वटा टिमले सहभागिता जनाएका छन् ।


सेयर गर्नुहोस्