हेटौंडा/हेटौंडामा शुक्रबार विहान होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने रौतहट जिल्लाको देवाही नगरपालिकाका ४२ वर्षिय विनोद यादव रहेका छन् ।
हेटौंडा ४ हुप्रचौरमा रहेको ५ तल्ले क्विक २० होटलको छतबाट खसेका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले यादवको उद्धार गरेर अस्पताल लगेको थियो । यादव होटलमा सरसफाइको काम गर्ने गरेको प्रहरीको बताएको छ ।
सेयर गर्नुहोस्