हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिका स्थित सिमभञ्याङ सामान्य हिमपात भएको छ । शनिबार दिउँसो ३ बजेबाट थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको अघोरसहितका क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण सवारी आवतजावतमा कठिनाई भईरहेको छ ।
हिउँ परेपछि त्रिभुवन राजपथ भएर आवतजावत गरिरहेका सवारी साधन जाममा परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सामान्य हिमपात भएपछि स्थानीयको जनजीवन सामान्य प्रभावित भएको छ।‘पालुङ शिखरकोटका खेतका गह्राहरुमा विहानैदेखि हिउँ देखिएको छ ।’–शिखरकोटमा रहेका सुदिप ढकालले बताए ।
हिमपात भएपछि पर्यटक आउने भएकाले व्यवसायीहरु समेत उत्साही भएका छन् ।मौसम चिसो बन्दै गएको भन्दै एक स्थानीयले बेलुका बाक्लो हिउँ पर्ने सम्भावना रहेको बताए । प्रष्ट खबरमा समाचार छ ।
सेयर गर्नुहोस्