हेटाैंडामा माघ २७ गते देखी २९ गते सम्म तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने

टुडे संवादाता
२५ माघ २०७७, आईतवार २२:४३

हेटौंडा/बागमती प्रदेशको राजधानी हेटाैंडामा तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ ।

आईतबार पत्रकार सम्मेलन गर्दे तेस्रो राष्ट्रिय बेटी सम्मेलन मुल आयोजक कमिटिकी संयोजक नजबुल खानले माघ २७ गते देखी २९ गते सम्म हेटाैंडामा तेस्रो बेटी सममेलन हेटाैंडामा हुने जानकारी दिनुभयो ।

मेची देखी महाकाली ,हिमाल पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उदेश्यले सम्मेलनको आयोजना गरीएको संयोजक खानले बताउनुभयो । सम्मेलनमा करिब १५ लाख रुपैंया खर्च हुने आयोजकले अनुमान गरेको छ ।

नेपाली समाजमा घरेलु हिंसा लगाएत विभिन्न किसिमका हिसांको चपेटामा परेका महिला दिदीबहिनीहरुलाई उद्वार गर्दै त्यस विरुद्ध लागि परेको उनले बताईन् ।

उनले समाजमा हुने महिला हिंसा लगाएत विभिन्न कु प्रथा विरुद्ध र लैंगिक समानता र समावेशी अधिकारका लागि आसनमा महिला,भाषणमा महिला र शासनमा महिला भन्ने मूल नाराका साथ सन् २०१२ देखि निरन्तर अगाडी बढीरहेको बताईन् ।

उनले मिसन नोट अफ डिसेन्ट आ.भा.सा राष्ट्रिय अभियान केन्द्रीय संजाल र मुलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा २०७५ साल माघ २७ देखि २९ गते सम्म प्रदेश १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुब्र्यवहारः शिक्षा र स्वास्थ लाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न गरेको र २०७६ साल माघ २७ देखि २९ गतेसम्म प्रदेश २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्घनहरु तोड्दै अघि बढौ,मेची महाकाली जोड्दै हिंसारहित समाज निर्माण गराै´ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको बताईन् ।

उनले आउँदो तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट एक सय जना प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहने जानकारी दिईन् । तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यसअघी प्रदेश नम्बर एकमा पहिलो बेटी सम्मेलन र प्रदेश नम्बर २ मा दास्रो बेटी सम्मेलन सम्पन्न भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*