सोनाम ल्होछारमा माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

टुडे संवादाता
२७ माघ २०७७, मंगलवार १३:३५

हेटौंडा/सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो
नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो ।

सरकारले केही वर्ष अघिसम्म सोनाम ल्होछारमा बिदा दिए पनि पछिल्ला वर्षमा बिदा कटौती भएको थियो ।

संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*