आजबाट भानु माविको बस सेवा सुरु

टुडे संवादाता
२७ माघ २०७७, मंगलवार १५:३८

हेटौडा /मकवानपुर गढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले आजबाट बस सेवा सुरु गरेको छ । मंगलवार एक कार्यक्रमका बिच गढी गाउँपालिका नम्बर ३ र ५ का वडा अध्यक्षले रिवन कटी ३ नम्बर वडा अध्यक्ष भगवत घिमिरे आफैले बस चलाई बसको उद्धघाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि वडा ३ नं का वडा अध्यक्ष भागबत मिमिरे ५ नं का वडाअध्यक्ष जित बहादुर घिमिरे तथा गाउँपालिकाका सामाजिक विकास संयोजक जित बहादुर घिमिरेले जनप्रतिनिधि, ब्यवस्थापन समिति , शिक्षक , विद्यार्थी , पत्रकार लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

विद्यालयले बोलपत्र मार्फत आईचर कम्पनीको बस रु। पच्चीस लाखमा खरिद गरेको र त्यसका लागि गाउँपालिकाले दश लाख र बाँकी पन्ध्रलाख रकम विद्यालयको आन्तरिक श्रोतबाट खर्च गरि बस खरिद गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान कुमारी पाख्रीनले आज कार्यक्रममा जानकारि दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*