अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका हेटौंडामा मनाईयो

हेटौडा टुडे
२८ माघ २०७७, बुधबार २२:०७

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा बुधबार हेटौंडामा कार्यक्रम गरिएको छ ।

भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनका लागि अपरिहार्य भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आयोगले आफ्नो स्थापना काल देखि नै देशको विभिन्न सरकारी निकायहरुमा बढिरहेको भ्रष्टाचारको बेतिथीलाइ नियन्त्रण गर्न धेरै कामहरु गर्दै आएको वताउनुभयो ।उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबै सरोकारवालाहरुसँग आयोगलाइ सहयोग र सहकार्यको लागि आग्रह गर्नुभयो । अख्तियार दुरुपयोग अनुसंधान आयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयका निम्त्ति प्रमुख अखण्ड शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयकी सचिव राधिका अर्याल, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डण्डुराज घिमिरे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल अख्तियार दुरुपयोग अनुसंधान आयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयका प्रहरी नायव उपरिक्षक भिमकिरण बोगटी लगायतकाको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*