
हेटौंडा/ मनकामना दुग्ध उत्पादक सहकारि सस्थां लि को अध्यक्ष पदमा अर्जुन दाहाल निर्वाचित भएका छन् । प्रतिस्पर्धि अध्यक्ष पदका उम्मेदवार रोमनाथ रेग्मीलाई ५० मतको अन्तरले पराजित गर्दै दाहाल आज भएको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
संस्थाको संचालक समिति तथा लेखा समितीका अरु सबै पद सहमतिमा निर्विरोध भएपनी अध्यक्ष पदमा सहमति जुटन नसकेपछि आज बिहिबार बिहानबाट मतदान भएको थियो ।
कूल ३ सय ७३ जना मतदाता मध्ये निर्वाचनमा ३ सय ३५ जना सहभागि भएका थिए जस मध्ये ५ मत बदर भएको थियो ।
आज भएको मतदानमा दाहालले १ सय ९० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार रेग्मिले १ सय ४० मत प्राप्त गरेका थिए ।
अन्य पदमा निर्विरोध हुनेहरुमा उपाध्यक्षमा केदार प्रसाद लम्साल , जिल्ला प्रतिनिधि सदस्यमा जनक प्रसाद रेग्मी , सदस्यहरुमा हरि प्रसाद दाहाल , सरस्वती अधिकारी , धर्म प्रसाद तिमल्सिना , कृष्ण प्रसाद लामिछाने , कविता न्यौपाने र सानुकान्छा वाईबा रहेका छन् ।

