
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रहरी चौकी हात्तिसु्ँडेको उद्घाटन गर्नुभएको छ । बिहिबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री पौडेलले बकैया गाँउपालिका वडा नम्बर ४ स्थित प्रहरी चौकीको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेशभरी नै प्रहरीलाई सुब्यबस्थित भवन प्रदेश सरकारले निर्माण गरीदिने बताउनुभयो ।उहाँले प्रहरीले पुराना प्रबृतिलाई त्यागेर नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले जनताको मनो भावलाई ठेस नपुग्ने गरी समुदाय संग सहकार्य गरी अघि बढ्न प्रहरीलाई आग्रह गर्नुभयो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको एक करोड ९६ लाख ६६ हजारको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, बकैया गाँउपालिकाका अध्यक्ष दामोदर खनाल बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

