
हेटौंडा/मकवानपुर मदिरा व्यावसायी संघको आठौँ तथा नवौं वार्षिक साधारणसभा शनिबार हेटौँडामा भएको छ ।
रोल
संघका अध्यक्ष सर्बेन्द्र पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल मदीरा ब्यबसायी माहासंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मदिरा ब्यबसयीहरु राज्यलाई सबभैन्दा बढी कर तिर्ने ब्यबसायी रहेको बताउनुभयो । उहाँले सरकारले ब्यबसायीहरुको समस्याको सम्बोधन गर्न नसकेको भन्दै साना ब्यबसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको तर्क गर्नुभयो । कार्यक्रममा पुराना ब्यबसायीहरुलाई सम्मान समेत गरीएको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले आफु सधैँ ब्यवसायीको हकहीतका लागि अघि बढ्ने बताउनुभयो । व्यवसायीका समस्या समधान गर्दै मकवानपुर उद्योग वाणिज्य संघलाई समाजकै अब्बल र दरीलो संंस्थाका रुपमा स्थापित गर्न आफु लागीरहने उहाँले दावी गर्नुभयो ।

