मखमल तथा ढाकाको जुत्ता बनाउँने तालिम सम्पन्न

हेटौंडा टुडे
५ फाल्गुन २०७७, बुधबार १९:१५

हेटौंडा । हेटौंडा उमपहानगरपालिका वडा नम्बर १ मा संचालित मखमल तथा ढाकाको जुत्ता बनाउँने तालिम आज समापन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ कार्यालयको समन्वय संचालित एक महिने तालिम समापन गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेको अध्यक्षता तथा उपमहानगरपालिकाकी उप प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको हो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका जगन्नाथ दाहालको विशेष आतिथ्य, वडा सदस्यहरु इश्वरी रसाइली, बेगम बराल, टोल विकास नगर समन्वय समितिका सदस्य जुना मल्ल श्रेष्ठ श्रेष्ठ, ज्ञानेन्द्र कार्कीको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*