हेटौंडा । काठमाडौंमा दुइवटा वडामा कुखुरामा बर्डफ्लु रोग संक्रमण पुष्टी भएपछि बागमती प्रदेशस्तीय बर्ड फ्लु रोग समन्वय समितिको बुधबार हेटौंडामा बसेको बैठकले रोग नियन्त्रणको लागि विभिन्न ३ वटा निर्णय गरेको छ ।
बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा सरोकारवालाहरुको सहभागितामा भएको बैठकले बर्ड फ्लु रोग समन्वय समिति मार्फत आ–आफ्ना मातहतका कार्यालयहरुलाई जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय गरी रोग नियन्त्रणमा सहकार्य गर्न र आवश्यक सुरक्षा शतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको छ ।बर्ड फ्लू रोग नियन्त्रण तथा रोकथामका लागि विभिन्न संचार माध्यमहरुद्वारा जनचेतनाकामुलक सूचना तथा प्रविधिको प्रचार प्रसार गर्ने गराउने पनि निर्णयमा उल्लेख गरिएको छ । त्यस्तै रोग नियन्त्रणका लागि सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसंग समन्वय र सहकार्यका लागि स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।बैठकमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानले कार्यपत्र प्रस्तुत गर्दै बर्डफ्लु फैलिएपछि रोकथामका लागि भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रदेशस्तीय बर्ड फ्लु रोग समन्वय समितिद्वारा हेटौंडामा बर्ड फ्लु सचेतता सम्बन्धि कार्यक्रम सप्पन्न
सेयर गर्नुहोस्