पत्रकार महासंघ मकवानपुर साखा सम्मानित

पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिको आग्रह
हेटौंडा टुडे
५ फाल्गुन २०७७, बुधबार २२:२१

हेटौंडा । नेपाल पत्रकार पत्रकार महासंघले महासंघ मकवानपुर साखालाई आज सम्मान गरेको छ । महासंघको २६ औं अधिवेसनका अवसरमा मकवानपुर साखालाई सम्मान गरेको हो ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । महासंघको बागमती प्रदेश समिति, जिल्ला साखाहरु दोलखा, सिन्धुपाल्चोक, रामेछाप साखालाई पनि सम्मानित गरेको छ । महासंघले देशैभरी उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत र राम्रो काम गर्ने जिल्ला साखाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्नका लागि पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताउनुभयो। सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउँदै उनले पत्रकार आचारसंहिता समेत रहेको अवस्थामा कानुनहरु प्रेसमैत्री बनाउन पनि ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*