हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ७१ औं प्रजातन्त्र दिवसको संगित थेरापी कार्यक्रम संचालन गर्ने भएको छ । बिभिन्न समस्याका कारण तनावको अवस्था महसुस गर्ने आम नागरिकहरुलाई संगित थेरापी मार्फत तनाब मुक्त बनाउने मूल उद्देश्यका साथ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले शुक्रवार भोलि साँझ ४ बजे हेटौंडाको बुद्ध चोकमा संगित थेरापी कार्यक्रम संचालन गर्ने भएको हो ।
कार्यक्रम सुरक्षाप्रति पुर्ण सावधानी अपनाउँदै बागमती प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा बिभिन्न प्रकारका सांगितिक धुनहरु मार्फत तनाब व्यवस्थापनको प्रयास गरीने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सेयर गर्नुहोस्