हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्याम्पाडाँडामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड राखिएको छ ।
बिहिबार दिउँसो हेटौंडा-५ का वडाध्यक्ष राजेश बानियाँ,जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डे,वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट स्थानीय सहितको उपस्थितिमा ट्राफिक सचेतना अंकित बोर्ड राखिएको हो।
बदढो सवारीचापलाई मध्यनजर गर्दै र दुर्घटनाग्रस्त क्षेत्र भएकोले दुर्घटना न्युनिकरणका लागि बोर्ड राखिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले बताएका छन। उक्त क्षेत्रमा केही समय अघि भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको थियो।
सेयर गर्नुहोस्