बलात्कारपछि हत्या भएको १७ औँ दिनमा भागरथीको अन्त्येष्टि

टुडे संवादाता
७ फाल्गुन २०७७, शुक्रबार १५:५०

बैतडी/बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शुक्रबार (आज) अन्त्येष्टि गरीएको छ । उनको बलात्कारपछि हत्या भएको १७ औँ दिनमा अन्त्येष्टि गरिएको हो ।

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै एक किशोरलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

बिहीबार आरोपित किशोरका बाबु, अनुसन्धान अधिकृत र सरकारी वकिलसामु गर्न लगाएको बयानमा उनले आरोपित किशोरले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए ।

बलात्कार र हत्या आफैँले गरेको उनले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझेको हो । घरपरिवाले शव बुझेपछि गोठलापानीबाट सेरासम्म शवयात्रा गरी सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

२१ माघमा विद्यालयबाट घर जान हिँडेकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा २२ माघमा घरनजिकै रहेको स्थानीय लवलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*