२५ किलो लागुऔषध गाँजा सहित राक्सिराङका २ जना पक्राउ

टुडे संवादाता
७ फाल्गुन २०७७, शुक्रबार १७:१८

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहिवार राति अवैध २५ किलो लागुऔषध गाँजा, अटो सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर १ पलासे बस्ने २१ वर्षिय नवराज थिङ र सोही ठाउँका अटोमा सवार बस्ने २० वर्षिय  बाबुराम थोकर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत बिहिवार (हिजो) राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले प्राप्त सुचनाको आधारमा हेटौंडा ११ नवलपुरस्थित नेवारपानीबाट हेटौंडा तर्फ आउँदै गरेको ना. १ ह ७२३६ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा उक्त अटोको पछाडि पट्टिको सिट मुनी अवैध लागू औषध गाँजा २५ किलो फेला परेको हो ।

प्रहरीले अटो सहित २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*