हाम्रो घर बालगृहद्वारा आयोजित ७ दिने कपडाको प्याड बनाउने तालिम शुक्रवार समापन

टुडे संवादाता
७ फाल्गुन २०७७, शुक्रबार १७:४३

हेटौंडा/ग्रामिण जीवनस्तर सुधार मञ्च द्वारा आयोजित ७ दिने कपडाको प्याड बनाउने तालिम शुक्रवार (आज) समापन भएको छ । गत माघ २६ गते उद्धघाटन भएको तालिमको आज समापन भएको हो ।

समापन समारोहमा ग्रामिण जीवनस्तर सुधार मञ्च द्वारा संचालित हाम्रो घर बाल गृहकी अध्यक्ष ईन्दिरा न्यौपाने सभाध्यक्षतामा सम्पन्न कार्याक्रममा प्रमुख अतिथिमा हेटौंडा उपमहानगरपालिको मेयर हरि बहादुर महतको रहेको थियो ।

तालिममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का १० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा राधा फुयाँलले प्रशिक्षण दिनुभएको हो ।

सिप सिकेर बसेका महिलाहरुलाई रोजगारीको क्रममा आगामी दिनमा आवश्यक जे जो गर्न पर्छ । त्यसको लागी पूर्ण रुपमा सहयोग गर्ने आफू पछि नहट्ने प्रमुख अतिथि मेयर महतले प्रतिबद्घता गर्नुभएको छ ।

महिलाहरुलाई सिप सिकाई रोजगार प्रद्धान गर्ने मूल उद्श्यका साथ संचालन गरीएको ७ दिने तालिममा टिका कुमारी पराजुली पुजा दहालले मन्तव्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*