महिला हिंसा र बलात्कारका घटनाका विरुद्ध हेटौंडामा प्रर्दशन (फोटो फिचर)

टुडे संवादाता
८ फाल्गुन २०७७, शनिबार १६:५२

हेटौंडा/पछिल्लो समय नेपालमा घटेका महिला हिंसा र बलात्कारका घटनाका विरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा युवाहरुले शनिबार प्रर्दशन गरेका छन् ।
न्यायका लागि स्वतन्त्र जनदवाव अभियानले युवाहरुको सहभागितामा हेटौंडाको बुद्धचोकमा विरोध प्रर्दशन गरेको हो ।
अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानून कार्यान्वयनको कमजोर अवस्थाका कारण देशमा बालबालिका र महिलामाथि हिंसाका घट्ना बढिरहेको बताएका छन् ।

हेटौंडाको हुप्रचौरबाट शुरु भएको र्याली बुद्धचोकमा आएर टुंगिएको थियो । उनीहरुले विभिन्न सचेतनामुलक र मागसहितका प्लेकार्ड बोकेका थिए । उनीहरुले सचेतनामुलक नाटक समेत प्रर्दशन गरेका थिए । राज्यलाई दवाव दिन र सर्वसाधारणमा महिला हिंसाका घटनाविरुद्ध जागरुक हुन सन्देश दिने उद्धेश्यले प्रर्दशन गरिएको अभियन्ता विकेशलाल श्रेष्ठको भनाई छ ।

देशमा हुने लैंगिक हिंसाका घटना न्यूनिकरणका लागि घरपरिवार, समाज र सरकारको भूमिका महत्वपूर्ण हुने गर्दछ । सचेतनाको काम निरन्तर हुने र अपराधीलाई कडा सजाय हुने हो भने आगामी दिनमा यस्ता घटना न्यूनिकरण हुने प्रर्दशनमा सहभागी प्रगति माविकी विद्यार्थी पुनिका तिमल्सिनाको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*