नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको साधारण सभा शनिवार हेटौंडामा सम्पन्न

टुडे संवादाता
८ फाल्गुन २०७७, शनिबार १८:०४

हेटौंडा/नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले छैठौं साधारण सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईको रहेको थियो ।
हेटौंडा उप–महानगरपालिकामा फर्निचर व्यवसायीहरुको संगठन द्वारा शनिवार एक कार्यक्रमको आयोजना गर्दै साधारण सभा सम्पन्न गरिएको हो ।
यसै बिच प्रमुख अतिथि विष्णु प्रसाद प्रसाईले स्वदेशी उत्पादनलाई जोड दिदैं विदेशबाट आयातित सामग्रीलाई विस्तापित गनुपर्ने बताउनुभएको छ ।
साधारण सभाको उद्घाटन गर्नुहुदै प्रदेश प्रमुख प्रसाईले स्वदेशमै उत्पादित फर्निचर सामाग्रीलाई जोड दिदैं विदेशबाट आयात गरीने फनिर्चलाई विस्थापित गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालमा दक्ष कालिगढहरु रहेको भन्दै नेपाली कला र शैलीलाई अनतराष्ट्रिय जगतमा परिचित गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण सुमार्गी , मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगाएतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*