मध्यराती प्रहरीले राक्सिराङ १ मा तहल्का मचाए ,पसलमा छापा मार्दै बियर र पैसा खोज्दै प्रहरी

टुडे संवादाता
९ फाल्गुन २०७७, आईतवार १२:३९

हेटौंडा/गए राति जिल्ला प्रहरी कार्यालय मकवानपुरका केहि प्रहरीहरु गाउलेलाई धर्काएर लुट्न मकवानपुरको राक्सिराङ पुगेको पाईएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित गाउँका गाँजा बरामद गर्न भनि प्राइभेट गाडी लिएर सादा पोशाकका केहि प्रहरी र केहि अन्य व्यक्ति त्यहा पुगे । गाँजा बरामदको नाममा प्रहरीले स्थानीयको पसलमा छापा मार्दै, मदिरा, चिसो पिए पदार्थ, पैसा लगायतका सामानहरु लुट्न खोजेपछि स्थानीयले प्रतिकार गर्न खोजे ।

अवैध लागूऔषध गाँजा बरामद गर्ने भनी खटिएको प्रहरी टोलीले गाउँपालिका घ्याङ्सिङटार पारीभित्तामा पसलका सामान र नगदसमेत उठाएपछि स्थानीयले प्रतिकार गरे । ‘प्रहरीहरुले गाँजाको खानतलासी गर्न आएको बताएपछि स्थानीयहरुले चुपचाप रहेर सहयोग गरे तर, पछि त्यही टोलीले पसलहरुबाट बियर रहेको कार्टुन, डिउका कार्टुन अन्य सामानहरु र नगदसमेत लिएर हिँडेपछि हामी प्रतिकारमा उत्रिएका हौं ।’ स्थानीय ज्ञानबहादुर ब्लोनले भने ।

‘प्रहरीसँगै निजी गाडी पनि सँगै गएको थियो । निजी गाडीमा प्रहरीभन्दा बाहिरका मान्छेहरु पनि सँगै भएको देखेपछि हामीले प्रहरीको नाममा लुटपाट भएको निधो गरी उनीहरु विरुद्ध उत्रिएका हौं’ त्यहाका स्थानीय बताए ।

स्थानीयले उपलब्ध गराएको तस्बिरअनुसार बा १ ग २०९० नम्बरको प्रहरीको गाडी अगाडि बियर, डिउका कार्टुन र अन्य सामान रहेको देखिन्छ । उक्त सामान स्थानीय कान्छामान स्याङ्तानको पसलबाट प्रहरीले उठाएको स्थानीयको भनाइ छ ।

गाँजा खानतलासी गर्ने नाममा प्रहरीले स्थानीय पसलको समान र नगद नै लुटेपछि वडाध्यक्ष कान्छाराम रुम्बासमेत घटनास्थलमा पुगेका थिए । प्रहरीसंगै आएका अन्य व्यक्तिलाई स्थानीय महिलाले कुटपिट समेत गरी पत्रकार सम्मेलन गरि प्रहरीको जिम्मा लगाउने भनेपछि प्रहरीसंग आएका व्यक्तिले माफी मागी कागज गराएर छोडीदिन आग्रह गरे ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र रानाले प्रहरी हामीले पठाएका हौँ भनेपछि वडाअध्यक्षसहितको स्थानीयले कागज बनाई प्रहरीकै रोहबरमा ति व्यक्तिहरुलाई छोडिदिने कुरा चलिरहदा पुनः इलाका प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरी वडाध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

निजी सवारी चढेर प्रहरीसँगै गएका ती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाँजा खानतलासी गर्ने नाममा स्थानीयमाथि दूव्र्यवहार र लुटपाट मच्चाइएको दावी गरे । ूस्थानीय रातभरी सुतेका छैनन्, प्रहरीले नै आतंक मच्चायो प्रहरीले नै गुण्डा लिएर गाउमा लुट्न आयोू, अध्यक्ष मल्लले भने ।

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तोकिएका डिएसपी इन्द्र रानाले भने फोन उठाएका छैनन् यो बिषयमा प्रहरी बोल्न नमानेको बुझिएको छ ।हेटौंडा खबरबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*