काठमाडौं/चितुवाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय रधुवीर बोहरा रहेका छन्। बझाङको बुङ्गल नगरपालिका ८ मसनिसेरामा चितुवाको एक थान छालासहित बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
चितुवाको छाला बोकी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बझाङ र इलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
सेयर गर्नुहोस्