
हेटौंडा/हेटौंडामा आयोजित चार दिने बजार विश्लेषण र विकास तालिम हेटौंडामा सम्पन्न भएको छ । पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहका विष्णु राईको संयोजकत्वमा गठित ९ सदस्यीय समितिको सह-संयोजकमा न्यूरेनीकी कमला पोखरेल, सचिवमा मनकामनाका होमबहादुर मोक्तान, कोषाध्यक्षमा भैरवडाँडाकी पार्वती खतिवडा रहेका छन् ।
समितिको सदस्यहरूमा सामुदायिक वन उपभोक्ता समूह सुन्दरकी लिलाकुमारी अर्याल, बनस्खण्डीकी मञ्जु नेपाल, सालघारीका मानबहादुर घलान, बुङ्दलकी संगिता घिमिरे चयन गरिएको छ ।
चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको एकजना सदस्य पछि थप गरिने बताईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले आयोजना गरेको तालिममा उद्यम संचालन भएका १० सामुदायिक वन उपभोक्ता समूहका ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहाल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक, वन तथा कृषि सहज कार्यक्रम संयोजक जनक आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी सचिवालय सदस्य आरती पाठक, कृषि विकास बैंक हेटौंडा शाखाका प्रमुख नुरप्रसाद गौतम, सामुदायिक वन उपभोक्ता महासंघ वागमति प्रदेशका सचिवालय सदस्य रामहरी चौलागाईले सहजिकरण गरेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ वागमति प्रदेशका सचिवालय सदस्य चौलागाईले सहजिकरण गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी सचिवालय सदस्य एवं हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष एवं मकवानपुरगढीका अध्यक्ष बलराम पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, पत्रकार अशोकसुजन श्रेष्ठ, तालिममा सहभागीका तर्फबाट चन्द्रप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

