चौकिटोलमा दुई वटा सुमो एक आफसमा ठक्कर , ११ घाइते

हेटौंडा टुडे
११ फाल्गुन २०७७, मंगलवार ०८:४८

मंगलबार बिहानै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकिटोलमा दुई वटा सुमो एक आपसमा ठोकिएको छ ।
सुमो ठोकिदा ११ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत यात्रु बोकेर हेटौंडाबाट काठमाडौं जादै गरेको प्रदेश ३ -०३-००१ ज ००२९ नम्बरको सुमो र विपरित दिसाबाट आउदै गरेको ना १ ज २४६० नम्बरको सुमो ठक्कर खाई दुर्घटना हुँदा दुवै सुमोका ११ जना घाइते भएका छन। घाइतेहरूको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ। दुवै सुमो प्रहरी चौकी चौकिटोलको नियन्त्रणमा रहेको बुझिएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*