विद्यालयको ३५ औं वाषिक साधारण सभा

हेटौंडा १४ मा रहेको जनज्योती माध्यमिक विद्यालयको अध्यक्षमा रामचन्द्र ढुङ्गाना चयन

टुडे संवादाता
११ फाल्गुन २०७७, मंगलवार १७:०७

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा रहेको जनज्योती माध्यमिक विद्यालयको ३४ औं वाषिक साधारण सभा मंगलवार हेटौंडामा भएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान बहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाले रामचन्द्र ढुङ्गानाको संयोजकत्वमा ८ सदस्यिय नयाँ कार्यसमिती गठन गरीएको छ ।

विद्यार्थिहरुलाई बाहिरी ट्यूसन कोचिङ भन्दा पनि विद्यालयका शिक्षकहरुलाई विद्यार्थिहरुको ट्यूसन कोचिङ पढ्ने समय स्कूलमै रहेर विद्यार्थिहरुको कमजोर पक्ष नियालेर कमजोर विद्यार्थिहरुलाई छुट्टै अध्ययन गराएर करीब ७५ प्रतिशत नतिजामा बृद्धि गने नवनिर्वाचित अध्यक्ष ढुङ्गानले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यपक भुपेन्द्र लुईटेल , विद्यालयको शिक्षक ,अभिभावक , विद्यार्थि,१४ नम्बर वडामा रहेका बुद्धिजिवी ,समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*