महिला उद्यमी विकास समितिका दुई सदस्य सम्मानित

हेटौडा टुडे
१२ फाल्गुन २०७७, बुधबार १५:०३

हेटौंडा /मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिका दुईजना सदस्य मंगलबार (हिजो) सम्मानित भएका छन् । सम्मानित हुनेमा मकवानपुर उद्योग वाणिज्य संघकी सदस्य तथा महिला उद्यमी विकास समितिकी सदस्य प्रतिमा श्रेष्ठ र महिला उद्यमी मेनका श्रेष्ठ रहेका छन् ।

महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा २ जना उद्यमीलाई सम्मान गरीएको हो ।
महिला उद्यमी प्रतिमा श्रेष्ठ हालै मात्र गठित भूमी सम्बन्धी समस्या समाधान आयोगको मकवानपुर जिल्ला सदस्य मनोनित भएकोमा र महिला उद्यमी मेनका श्रेष्ठ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको अध्यक्ष पदमा निर्वाचित भएकोमा सभापति बैद्यले टिका र खादा लगाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा समितिका पूर्व सभापति सरिदी श्रेष्ठ लगायत, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*