
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित फरेष्टी गेट नजिक ट्रकले साइकललाई ठक्कर दिएको छ । ठक्कर दिदा साइकलमा सवार यात्रू गम्भिर घाइते भएका छन् । घाईते हुनेमा हेटौंडा ४ कर्रा बस्ने दिल गौतम रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाबाट कर्रा तर्फ गइरहेका गौतम सोहि दिशा तर्फ गइरहेको को १ क १५४३ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
गौतमलाई हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको प्रवक्ता रानाले बताए । प्रहरीले ट्रक र चालक दुबैलाई नियन्त्रणमा लिएको छ ।


सेयर गर्नुहोस्