बकैया ७ हात्तीखोलामा नमुना च्याउ बिउ उत्पादन केन्द्रको उद्घाटन

टुडे संवादाता
१३ फाल्गुन २०७७, बिहीबार १९:०६

हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ स्थित हात्तीखोलामा नमुना च्याउ बिउ उत्पादन केन्द्रको उद्घाटन गरिएको छ ।
बिहिवार एक कार्याक्रमका बिच बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले नमुना च्याउ बिउ उत्पादन केन्द्रको उद्घाटन गर्नु भएको हो ।

महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरको आयोजना तथा युएनडिपी र बकैया गाउँपालिकाको आर्थिक सहयोगमा किसानहरुका लागि आवश्यक कृषि सामग्री वितरण समेत गरिएको छ ।
किसानहरुलाई खेतीमा सहयोग होस भन्ने उदेश्यले करीब २५ लाख बराबरको कृषि मेसिनरी सामान वितरण गरिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरकी संयोजक इन्दिरा न्यौपानेले जानकारी दिनुभयो ।

एक वर्षे अनुदान कार्यक्रम अन्तरगत युएनडिपीको १ करोड रुपैया र गाउँपालिकाको ७० लाख सहयोगमा गाउँपालिकाका ७ वटा वडामा विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरणको काम भइरहेको छ ।

जसअन्तरगत आज मात्रै वडा नम्बर ४, ७ र ९ लाई २५ लाख रुपैया बराबरको च्याउको बिउ उत्पादन गर्ने मेसिन, च्याउको लागि चाहिने पराल पकाउने मेसिन, आलु खन्ने, तरकारी गोड्ने, धान चुट्ने मेसिन र कुटान पिसान मेसिन हस्तान्तरण गरिएको हो । कृषि मन्त्री लामाले समृद्धी टोल विकास संस्थाका अध्यक्ष पर्शुराम गौतमलाइ मेसिन हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कार्यकारी अधिकृत, लक्ष्मण पुडासैनी, ९ नम्बर वडा अध्यक्ष रामकाजी लामिछाने, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, युएनडिपीका संयोजक धा बहादुर चन्द, समृद्धी टोल विकास संस्थाका अध्यक्ष पर्शुराम गौतम लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरका संरक्षक माइकल रामचन्द्र अर्यालको आतिथ्यता तथा समुहकी संयोजक न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।छहारी नेटवर्क बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*