हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२, पदमपोखरीस्थित गुम्बाडाँडामा एक पुरुषको शव फेला परेको छ ।शव हेटौंडा–१२ स्थित गोठेदमारका अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गुप्तेश्वरी सामुदायिक वन क्षेत्रमा बिहीबार राति करिब ९ बजेको समयमा विकको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले विकको शव फेला परेको भन्ने खबर पाएलगत्तै सो क्षेत्रमा प्रहरी टोली पुगेको र प्रारम्भिक अनुसन्धानका आधारमा भिरबाट लडेर विकको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकालिएको छ ।
प्रवक्ता रानाका अनुसार, मृतक विकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्