हेटौंडा ३ तीनताप्केमा ३ वटा सवारी ठोकियो,१० जना घाइते

टुडे संवादाता
१४ फाल्गुन २०७७, शुक्रबार १०:३८

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित तीनताप्केमा ३ वटा सवारी एक आपसमा ठोकिएको छ । सवारी ठक्कर खाँदा १० जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्र्तगत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ८४१५ नम्बरको ट्रकलाई सोही दिशाबाट आईरहेको ना७ख ८८३८ नम्बरको डिम्बावाला गाडिले ठक्कर दिएको थियो ।

डिब्बावाला गाडि पछाडि आउँदै गरेको ना५ख ८१८१ नम्बरको बस ठोक्किदा बसमा सवार १० जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।

हाल ३ वटै सवारी मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*