चुरेहिल हस्पिटलमा अर्थोस्कोपी सेवा पुनः सुचारु

टुडे संवादाता
१५ फाल्गुन २०७७, शनिबार १२:४१

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभर्याङमा रहेको चुरेहिल हस्पिटलमा अर्थोस्कोपी सेवा पुनः सुचारु भएको छ । विहिवार (हिजो) २ जना बिरामीहरुको सफल शल्यक्रिया गरी अर्थोस्कोपी सेवाको सुरुवात  गरिएको हो ।

लामो समयदेखि जोर्नी दुखाईको समस्या भएका बिरामीहरुको अर्थोस्कोपी शल्यक्रियाको माध्यमबाट समस्या समाधान गरिने चुरेहिल हस्पिटलका अर्थोपेडिक सर्जन डा.दीपक श्रेष्ठले बताउनुभयो ।

अर्थोस्कोपी शल्यक्रिया गर्न बिरामीलाई जिल्ला बाहिर जानुपर्ने अवस्था अब नरहने जिल्ला भित्रै विविध सेवाहरु प्रदान गर्ने कार्यमा हस्पिटल सधैं प्रयत्नरत रहेको चुरेहिल हस्पिटलका संचालक नारायण लाल श्रेष्ठले बताउनुभयो ।

हस्पिटलले जिल्लाभित्रका बिरामीहरुलाई बाहिरी जिल्लामा गई उपचार गराउन नपर्ने उद्देश्यले हरेक १५÷१५ दिनमा बरिष्ठ डाक्टरहरुबाट उपचार सेवा पनि प्रदान गर्दै आईरहेको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विपन्न महिलालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*