म सँधै किसान सँगै छु : वडा अध्यक्ष घिमिरे

धमिले कृषि सहकारी सस्थाको ९ औं वार्षिक साधारण सम्पन्न
टुडे संवादाता
१५ फाल्गुन २०७७, शनिबार १७:२८

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले आफू सँधै किसानको हितमा रहेको बताउनुभएको छ । शनिवार धमिले कृषि सहकारी सस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभामा बोल्दै वडा अध्यक्ष घिमिरेले बिगतमा १२ बर्ष दुग्ध सहकारीमा काम गरेको अनुभव सुनाउदै आफू सँधै किसानको हितमा रहेको बताउनुभएको हो ।

सभामा बोल्दै वडा अध्यक्ष घिमिरेले मकवानपुरगढीमा बन्दै गरेको दाना उद्योगका लागि कच्चा पदार्थ बाहिरी जिल्लाबाट ल्याउनुपर्ने समस्या भएकाले यसका लागी आवश्यक पर्ने कच्चा पदार्थ स्थानिय स्थरमै उत्पदन गर्नु पर्नेमा जोड दिनुभएको छ ।

आफू किसानकै छोरो भएको र किसानका लागि कृषिमा अनुदान उपलब्ध गराउने नीति अबलम्बन गरिएको र किसानका लागि किसान क्रेडिट कार्ड लागू गर्न लागिएको उनले बताए । आम्दानीको मुल्यांकन गरि बालीको छनौट गरि खेती गरे मात्र सफल हुने भन्दै किसानका लागि आवश्यक पर्ने रासायनिक मल उपलब्धताको लागि आवश्यक ब्यवस्थापन गरिने बताए ।  आफूले पनि कृषी कर्म नै गरेकाले म सधै किसान सङै रहनु छु र अबको समृद्धी कृषि पेशा बाटै सम्भब हुने भएकोले अब कृषि कर्म निर्वाहमुखी भन्दा व्यवसायीकमुखी र परम्परागत भन्दा आधुनिक हुनु पर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै मकवानपुरगढी कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरिले किसानहरुलाई मल प्रयोग गर्दा सन्तुलन नबिग्रने गरि प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

चैधरीले किसानहरुलाई डिएपी र युरिया मल मात्र नभई पोटास पनि प्रयोग गर्न आग्रह गर्नुभएको छ । माटोको लागि पोटासको पनि उतिकै आवश्यक पर्ने भएकोले माटोलाई सन्तुलन मिल्ने र उत्पदन राम्रो हुने बताउनु भएको छ ।

साधारण सभा मकवानपुर गढी ३ मक्रान्चुलीमान भएको हो । संस्थाका अध्यक्ष नवराज सञ्जेलको सभाध्यक्षतामा सम्पन भएको कार्यक्रममा प्रमुख अतिथीमा गढी ३ का वडा अध्यक्ष भागबत घिमिरे को रहेको थियो ।

किसानले समय सान्दर्भिक तरकारी लगाई कै हद सम्म आर्थिक लाभ हुने र आफ्नो बारी हराभरा हुने भएकाले सहकारीले बिउविजन पुस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष नमराज सन्जेलले बताउनुभयो  ।

सहकारीले ४ जना किसानहरुलाई सम्मान पनि गरेको छ । नियमित बचत गर्ने आले मगर , नियमित रूपमा ऋण किस्ता बुझाउने तर्फ योगनाथ ढुंगाना , बढी नगदमा कारोबार गर्ने तर्फ आईतिमाया डिमढुङ र स्वेइछुक बचत गर्ने तर्फ भत्ती कुमारी घिमिरेलाई सस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष अनिरुद्र दाहाल , सङ्गम टोल बिकास सस्था का अध्यक्ष नरेन्द्र लम्साल , मनकामना दुग्ध सहकारी सस्थाका उपाध्यक्ष केदार लम्साल , चुच्चेखोला सामुदायिक वन उपभोकता समुहका संयोजक केदार पुडासैनी लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*