
पर्सा /पानी जमेको खाल्डोमा डुबेर ४ बर्षीय एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर ८ ठाडोलाइन निवासी सरोजकुमार लामाका चार वर्षीय छोरा अदबिक लामा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
खेल्ने क्रममा ती बालक धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर गम्भीर घाइते भएका थिए । बालकको उद्धार गरि उपचारको लागि निजगढकै नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै ज्यान गएको यादवले बताए ।
बालकको मृत्यु बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सेयर गर्नुहोस्