हाम्रो रंगशालामा मेरो कुर्सी , एक लाख तिरे कुर्सीमा नाम

टुडे संवादाता
२०७७ फाल्गुन १७, सोमबार १७:३७ गते

चितवन/चितवन स्थित भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीमा सर्वसाधारणले नाम लेखाउन पाउने भएका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको सो रंगशालाको कुर्सीमा नाम लेखाउन सहयोगस्वरुप एक लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

फाउन्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरुवात गरेको जानकारी दिँदै एक लाख रुपैयाँ सहयोग गरी आफ्नो र आफ्नो परिवारका नाममा रंगशालाको प्याराफिटमा कुर्सी राख्न पाउने जानकारी दिएको हो ।

अभियानबारे एक महिनाभित्र मोबाइल एप्स, फेसबुक र विभिन्न सञ्चारमाध्यमबाट विस्तृत जानकारी दिइने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अनुसार रंगशालामा सात प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी सिट विभाजन गरिनेछ।अभियानमा जोडिने दाताले आफ्नो जिल्लाअन्तर्गतको सिट लिन सक्ने व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।

२०७५ माघ १६ गते भरतपुर महानगर र फाउन्डेसनबीच सम्झौता भएर रंगशाला बनाउने कार्य सुरु गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*