हेटौंडा १७का फरार प्रतिवादी भुजेल पक्राउ

हेटौडा टुडे
१८ फाल्गुन २०७७, मंगलवार ११:४४

हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का ३२ बर्षिय दिनेश भुजेल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले भुजेललाई सोमवार हिजो हेटौंडा १७ बाट पक्राउ गरी कैद भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी मकवानपुर पठाईएको छ । भुजेल लागु औषध मुद्दामा १० दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*