हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मक्रान्चुलीमा रहेको पिएसपी एग्रो लिमिटेडले एक विद्यालयलाइ शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । बुधवार (आज) एक कार्यक्रमका बिच गढी ३ मा रहेको भानु मावि लाई सामग्री हस्तान्तरण गरीएको हो ।
पिएसपी एग्रो लिमिटेडले संघसंस्थाको सामाजिक दायित्व अन्तर्गत खेलकुद सामग्री, ड्रेस र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको हो।
विद्यायालय व्यवस्थापन समितीका अध्यक्ष मानकुमारी पाख्रीनले सहयोगी संघसंस्था र महानुभावह?लाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा समेत राखेको बताउनुभएको छ ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यायालयका प्रधानध्यापक राजेन्द्र थापा, पीएसपी एग्रो प्रा.ली का प्रोपाइटर सन्जय नेपाल लगायत शिक्षक, विद्यार्थी र स्थानियहरुको उपस्थिती रहेको थियो ।