
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मुर्ति स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेटौंडा उपमहानगरपालिकाको पर्यटकीय गन्तब्यको रुपमा चिनिएको गुम्बा डाँडालाई थप परिचत बनाउन बुद्धको मुर्ति स्थापना गर्न लागिएको हो । एक करोड ३० लारुपैंयाको को लागतमा निर्माण गर्न लागीएकोउक्त मुर्तिका लागी काठमाडौ महानगरपालिका वडा नम्बर ६ का सामाजिक ब्यक्तित्वहरुले सहयोग गरेका छन् । आन्तरिक पर्यटन प्रर्बद्धन तथा धर्म संस्किृतीको संरक्षण गर्न बुद्धको मुर्ति निर्माण गर्न लागिएको बुद्ध मुर्ति निर्माण समन्वय समितिका संयोजक कमल चन्द्र सुमनले बताउनुभयो ।
अहिले गुम्बाडाँडा क्षेत्रमा लाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्दे संरचना निर्माण गरीएको छ ।अहिले गुम्बाडाँडा क्षेत्रमा छुट्टीको समयमा दैनिक ५ सय देखी एक हजार पर्यटक आउने गरेका छन् ।

