हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा फागुन २२ गते भोलि सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम हुने भएको छ ।
शुक्रबार आज पत्रकार सम्मेलन गर्दै नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा फागुन २२ गते भोलि हेटौंडामा कार्यक्रम हुने जानकारी दिईएको हो ।
बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने संस्थाका केन्द्रिय महासचिव बिमल होडाले बताउनुभयो । २०३९ सालमा स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्थाले अर्बुद रोग निवारणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको संस्थाका केन्द्रिय महासचिव होडाले बताउनुभयो । अहिले देशभर संस्थाको ४४ जिल्लामा शाखा रहेको छ ।
हाल नेपालमा वार्षिक रुपमा २० हजार क्यान्सर रोगका बिरामी थपिने गरेको र करिब १३ हजार मानिसको क्यान्सर रोगकै कारण मृत्युहुने गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ । क्यान्सर रोगको प्रमुख कारकतत्वको रुपमा रहेको सुर्तिजन्य पदार्थ बिरुद्ध सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित पार्न सुर्ति पदार्थ नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठप्को आयोजना गरीएको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ ।